Sagun Khabar
बैतडीका एक युवकको करेन्ट लागेर मृत्यु

बैतडी- बैतडीका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको  डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको  कञ्चनपूरको कृष्णपुर नगरपालिका–२ बाणीमा करेन्ट लागेर मृत्यु भएको हो।

विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाईते भएका विष्टको उपचारकाक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले  जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update