Sagun Khabar
राष्ट्रपति  रनिङ  शिल्डः  कराँतेमा पुर्चौडी नगरपालिका प्रथम 

बैतडी- बैतडीको मेलौलीमा जारी १४औं राष्ट्रपति रनिङ   शिल्ड प्रतियोगिता जारी रहको छ । २६ गते देखि जिल्लाको मेलौली स्थित मेलौली भगवती खेलमैदानमा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको  हो ।

प्रतियोगितामा  कराँते खेलको नतिजा आएको  छ । कराँतेमा  पुर्चौडी नगरपालिका प्रथप भएको छ ।  ६ स्वर्ण हात पार्दै पुर्चौडी नगरपालिका प्रथम भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

 पुर्चौडीले ६ स्वर्ण, ४ रजत र २ कास्य हात पारेको कराते रेफ्री सयोजक ओम प्रकाश पन्तले जानकारी दिए ।

द्धितिय  दोगडाकेदार गाउँपालिका भएको  छ । दोगडाकेदारले  ५ श्वर्ण, ३ रजत र ४ कास्य हात पारेको बताइएको  छ । यस्तै  दशरथचन्द नगरपालिकाले तृतीय  स्थान हासिल गरेको  छ ।  दनपाले १ स्वर्ण, ४ रजत र ४ कास्य हात पारेको छ ।  डिलासैनी गाउँपालिकाले १ रजत, ३ कास्य र सिगास गाउँपालिकाले  ४कास्य हात पारेको बताइएको  छ ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update