Sagun Khabar
दोगडाकेदारले स्वर्ण पदक विजेता खेलाडीलाई १० हजारका दरले पुरस्कार दिने 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले खेलाडीहरुलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाकातर्फबाट सहभागी भएर स्वर्ण पदक जितेका खेलाडीहरुलाई जनही १० हजारका दरले पुरस्कार दिने गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । 

मेलौलीमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाले ६ स्वर्ण पदक जित्दै तेश्रो भएको थियो । गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक हात पारेको थियो । 

स्थानीयस्तरका खेलाडीहरुलाई प्रोत्साहन गर्ने स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गर्ने निर्णय यसअघि नै भइसकेको उनले बताए । खेलाडीहरुको खातामा उक्त रकम जमा गरिने अध्यक्ष कार्कीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update