Sagun Khabar
पुर्चौंडीले गर्यो खेलाडीहरुलाई सम्मान 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाकातर्फबाट सहभागी भएका खेलाडीहरुलाई सम्मान गरिएको हो । 

मेलौलीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेर पुर्चौंडीले दोश्रो स्थान हात पारेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई नगरपालिकाको केन्द्र हाटमा अबीरसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रममा नगर प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवर, जनप्रतिनिधिसहित अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख बमले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update