Sagun Khabar
बिचल्लिमा परेको मायाँको परिवारलाई सहयोग

बैतडी–बैतडीको पाटन नगरपालिका वडा न. ५ की मायाँ बिष्टको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । 


१२ बर्ष मुनिका ४जना छोराछोरीकी आमा समेत रहेकी मायाँका पति भान बहादुरको मजदुरी गर्न भारत गएका बेला उतै मृत्यू भएपछि समस्यामा परेको परिवारलाई १लाख रकम हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital


पिडामा परेको बिष्ट परिवारको राहतका लागी सामाजिक सञ्जाल मार्फत चलाएको अभियानबाट प्राप्त भएकोे रकम हस्तान्तरण गरिएको शिवांस फाउण्डेशनका अध्यक्ष महेश अवस्थीले बताए ।


मायाँका श्रीमान भान बहादुर मजदुरी गर्नका लागी भारत गएको ३ दिनमै मृत्यु भएपछि परिवार बिचल्लीमा परेको छ । बिगतमा श्रीमान टिबि रोगको बिरामी रहेकाले उपचारका लागी निकालेको ३लाख रकम ऋण तिर्नै बाकीँ रहेको पिडित मायाँले बताइन् ।

भक्कानिदै उनले भनिन् ‘पहिला देखि श्रीमान नै टिवि रोगको बिरामी हुनुहुन्थ्यो । उपचारका क्रममा ३ लाख ऋण लाग्यो, ऋण तिर्ने र दैनिक घर खर्च चलाउने भन्दै भारत जानु भएको थियो । पैषा पठाउँला भन्नु भएको हो । तर भारत पुगेको ३ दिनमै मृत्यू भएको खबर सुनियो । अभागीलाई दैवले पनि हेर्ने रहेनछ । अहिले मेरा छोराछोरी अरुको देखेपछि हाम्रो बाबा आउनुहुन्छ । खानेकुरा र कपडा ल्याउनुहुन्छ भन्छन् । आफ्नो घरमा एकछाक टार्न अन्नको दाना छैन् । कसरी जिवन बिताउने ? रातदिन रोएरै बसेका हुन्छौँ । न छोराछोरीका लागी एकसरो लुगा किन्न सकेकी छु । कसैले दियो भने मागेर खान्छौँ । मजदुरी गर्नका लागी पनी साना बालबच्चाहरुको खबर गर्नुपर्छ । गाउँमा मजदुरी पनि पाइदैँन् । विगतमा निकालेका ऋण देउ भन्दै साहुहरु दैनिक दैलोमा आउँछन् । कसरी पैषा तिर्नु ? के गरु ।’


श्रीमानको मृत्यूपछि अहिले दैनिक छाक टार्न समस्या भैरहेको मायाँले बताइन् । अझैपनि सहयोगी मन भएका ब्यक्तिहरुलाई आफ्नो पिडामा मलम लगाउनका लागी सहयोग गरिदिन उनको आग्रह छ ।

मायाँको परिवारलाई सहयोग गरिदिन सामाजिक अभियन्ताहरुले पनी आग्रह गरिरहेकाछन् । २८ बर्षीय मायाँका श्रीमान भान बहादुरको ३१ बर्षको उमेरमा भारतमा निधन भएपछि उनको परिवार समस्यामा परेकोले सक्दा सहयोग गरिदिन रिलायवल लाइफ इन्स्योरेन्स धनगढी साखाका प्रबन्धक तथा अभियन्ता चन्द्र बिष्टले आग्रह गरे ।

अभियन्ता बिष्ट, रेडियो निंगलाशैनी ९४मेगाहर्जका प्रवन्ध निर्देशक तथा शिवांस हेल्फ फाउण्डेशनका अध्यक्ष महेश अवस्थी लगायतको टिम बुधबार पिडित बिष्ट परिवारलाई राहत रकम दिनका लागी त्यहाँ पुगेका थिए ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update