Sagun Khabar
नेकपा एमाले बैतडीको १० औँ अधिवेशन फागुन २८ र २९ गते पाटनमा हुने

बैतडी- नेपाल कम्युनिष्ट पार्टी नेकपा  एमाले बैतडीको १० औँ अधिवेशन फागुन २८ र २९ गते हुने  भएको  छ ।  पुर्चौडीमा  सम्पन्न   एमाले  जिल्ला कमिटि बैठकले फागुन २८ र २९ गते  जिल्ला  अधिवेशन गर्ने  निर्णय गरेको  हो ।

 शुक्रबार एमाले  जिल्ला कमिटि बैतडीका अध्यक्ष सुरेन्द्र पालको  सभाध्यक्षता तथा पार्टी इन्चार्ज  निरु पालको  प्रमुख आतिथ्यतामा पुर्चौडीको  सभाहलमा बसेको जिल्ला कमिटिको  पूर्ण  बैठकले  पाटनमा  अधिवेशन गर्ने  निर्णय गरेको नेकपा एमाले बैतडी प्रचारविभाग प्रमुख एवं प्रवक्ता  लोकबहादुर भण्डारीले  जानकारी दिए ।

अधिवेशनका लागि यहि फागुन १९ गते  प्रतिनिधि छनोट गरिने उनले बताए । ८४ ओटै वडाबाट अधिवेशनका लागि  प्रतिनिधि छनोट हुने प्रवक्ता भण्डारीले बताए । अधिवेशनका लागि अन्य  तयारी समेत भैरहेका नेकपा एमाले बैतडीले जनाएको  छ । अधिवेशनबाट नेकपा एमाले  बैतडीको  नयाँ नेतृत्व चयन हुने  छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update