Sagun Khabar
नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमै अल आउट गर्‍याे
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमै अल आउट गरेकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायाे । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ विकेट लिए ।

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update