Sagun Khabar
बैतडीको सुर्नयामा दिनदहाडै सुटकेस फुटाएर सुन चोरी
Atrya hospital

बैतडी- बैतडीको एक जनप्रतिनिधिको  घरबाट सुन चोरी भएको   छ । जिल्लाको सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुनको गहना चोरी भएको हो  ।

बिहिबार दिउँसो घरमा कोही नभएको समयमा सुन चोरी भएको वडा सदस्य महराले बताएकी छन् । घरभित्रको सुटकेसलाई फुटाएर आधा तोला बराबरको रानी हार चोरी भएको उनले  बताइन् । सुन चोरी भएपछि प्रहरीलाई जानकारी गराएको  बताइएको छ । रौलेश्वर प्रहरी चौकीले घटनाबारे  अनुसन्धान भइरहेको जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update