Sagun Khabar
डिलाशैनीमा निशुल्क आयुर्वेद शिविर : २ सय ५८ जनाले सेवा लिए 

बैतडी –बैतडीको डिलाशैनीमा निशुल्क आयुर्वेद शिविर सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वडा नं ७ धामीगाउँस्थित शिक्षा केन्द्र अमर माविको प्रांगणमा शनिबार निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनमा सञ्चालन भएको शिविरमा स्थानीयहरुले सेवा लिएका छन् । शिविरमा १४३ महिला र ११५ पुरुष गरी २५८ जानाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिक्मतबहादुर चन्दले जानकारी दिए । 

शिविरमा बाथरोग, उच्च रक्तचाप, अम्लपित्त, दम, श्वासप्रश्वास र स्त्री रोग लगायतमा सेवा प्रदान गरिएको चन्दले बताए । 

पछिल्लो समयमा आयुर्वेद उपचार पद्दतिमा नागरिकहरुको आकर्षण बढ्दै गएकाले ठाउँठाउँमा शिविर सञ्चालन गर्ने गरिएको चन्दले बताए । आयुर्वेद औषधिको प्रतिअसर नहुने भएकाले यो प्रति नागरिक विश्वास बढ्दै गएको छ ।

आयुर्वेद उपचार पद्दतिमा नागरिकको पहुँच बढाउन जिल्लाका विभिन्न स्थानीय तहहरुमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएका छन् भने पहुँच नभएका ठाउँमा शिविरमार्फत सेवा दिने गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update