बैतडी- बैतडीको मानसखण्ड साहित्यिक मञ्च पुर्चौडीले स्मारिका निकाल्ने भएको छ । मानसखण्ड साहित्य मञ्च पुर्चौडी हाटले नयाँ वर्षको उपलक्ष्यमा मानसखण्ड स्मारिक २०८१ नामक पुस्तिका निकाल्ने भएको हो ।
यहाँको शिक्षा,कला, संस्कृति,धार्मीक ,आध्यात्मिक क्षेत्रको इतिहासको बारेमा पुस्तिका निकाल्ने तयारी थालिएको मानसखण्ड साहित्यिक मञ्च पुर्चौडीका उपाध्यक्ष दिनेश नागारीले जानकारी दिए । पुस्तिकाका लागि यो क्षेत्रका सम्पूर्ण जानकारहरुलाई वास्तविक यर्थात र वस्तुगत लेख रचनाहरु लेखेर पठाउन अनुरोध गरिएको उनले बताए ।
एक सूचना प्रकाशन गरेर जानकार व्यक्तिहरुलाई लेख रचना लेखी पठाउन अनुरोध गरिएको उनले बताए । लेख रचनाहरु चैत्र १५ गते भित्र लेखेर पठाइ सक्नु पर्ने छ । पुस्तिकामा कुनै व्यक्तिगत, सामाजिक, राजनीतिक, तथा धार्मीक आदि क्षेत्रमा आक्षेप आउने खालका लेख रचनाहरु समावेश नगरिने समेत सूचना मार्फत जानकारी गराइएको छ ।
यो क्षेत्रको भाषा कला, संस्कृति पहिचान गरि जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको मानसखण्ड साहित्यिक मञ्च पुर्चौडीले अहिले सदस्या नविकरणका साथै कार्यालय व्यवस्थापन समेत गरिरााखेका उपाध्यक्ष नगारीले बताए ।




