Sagun Khabar
एमाले बैतडीको ९ औं अधिवेशन : पाटनमा सम्पर्क कार्यालय उद्दघाटन, लोगो सार्वजनिक 


बैतडी –नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनका लागि पाटनमा सम्पर्क कार्यालयको उद्दघाटन गरिएको छ । एमाले बैतडीले यही फागुन २८ र २९ गते पाटनमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेसंगै अधिवेशनको तयारी स्वरुप सम्पर्क कार्यालय उद्दघाटन गरिएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

अधिवेशन सम्पन्न गर्न तथा अधिवेशनको आवश्यक तयारीका लागि सोमबार पाटनमा सम्पर्क कार्यालयको उद्दघाटन गरिएको उपसचिव भण्डारीले बताए । यस्तै नवौं जिल्ला अधिवेशनका लागि लोगो समेत आजै सार्वजनिक गरिएको छ । 

बैतडीको पुर्चौंडीमा एमालेको केही दिन पहिला सम्पन्न भएको जिल्ला कमिटिको बैठकले पाटनमा अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अधिवेशनको तयारी भइरहेको एमाले बैतडीले जनाएको छ । 

फागुन १९ गतेभित्र जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लगाइसक्ने उपसचिव भण्डारीले बताए । 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update