Sagun Khabar
बैतडीको  पञ्चेश्वरमा २० हजारका अखाद्य वस्तु  बरामद गरी नष्ट

बैतडी - बैतडीको पञ्चेश्वरमा बजार अनुगमन गरिएको छ। गाउँपालीकाको वडा नं २ महाकालीको स्थानीय बजारमा मंगलबार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् । बजार अनुगमनको क्रममा म्याद नाघेका अखाद्य वस्तु नष्ट गरिएका छन् ।

करिब २० हजार मुल्यका अखाद्य वस्तुलाई नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष भट्टले बताइन् । गाउँपालीका उपाध्यक्ष भट्टको नेतृत्वमा बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा बिभिन्न पसलहरुबाट म्याद नाघेका समान बरामद गरि नष्ट गरिएको बताइएको  छ। पालीकाको अनुगमन समिति, जनप्रतिनिधी र प्रहरीको  सयुक्त टोलीले  पसलहरु अनुगमन गरि रिएको म्याद नाघेका  सामग्री नष्ट गरिएको  गाउँपालिकाले जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update