Sagun Khabar
बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान फागुन  १६ देखि 

बैतडी-बैतडीमा दादुरा–रुबेला विरुद्धको  खोप अभियान फागुन १६ गतेदेखि संचालन हुने भएको छ। जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि२१ गतेसम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय  बैतडीले  जनाएको  छ ।

यस्तै  दशरथचन्द नगरपालिका  मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय  बैतडीका   प्रमुख  योगेश भट्टले  जानकारी दिए । बैतडीमा ९ महिनादेखी ५ वर्ष उमेर समूहका २१हजार ३२४ जना  बालबालिकालाई  खोप लगाइने छ ।

३६२ वटा खोपकेन्द्र मार्फत खोप लगाइने  छ ।  खोप कार्यक्रममा स्वास्थ्यकर्मी , र महिला स्वास्थ्यस्वयंसेवीका परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले  जनाएको  छ । देशभरी यो खोप अभियान फागुन १३ गतेबाट संचालन भइरहेको छ । 

दादुरा रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुने छन् । दादुरा रुबेला यदी कुनै बालबालिकामा भएमा एक जनाले कम्तीमा पनि १८ जनालाई सङ्क्रमण गर्न सक्ने भएकाले समयमै खोप लगाउनु पर्ने चिकित्सकको भनाइ छ । 

दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ। बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update