Sagun Khabar
बैतडीमा एक युवती मृत फेला
Atrya hospital

 बैतडी –बैतडीमा एक विवाहित युवती मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं रजाडकी २० बर्षीया लक्ष्मी बोहरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

घरभन्दा ५ सय मिटर पर रहेको रुखमा बुधबार बिहान बोहरा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक बोहराका ३ बर्षीय छोरा रहेको बताइएको छ । 

मृतकका श्रीमान र ससुरा रोजगारीका लागि भारतमा रहेका छन् । बोहराले किन आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update