Sagun Khabar
अछामको वैद्यनाथ धाममा १४४ वर्षपछि कोटिहोम लाग्दै, राष्ट्रपतिले उद्घाटन गर्ने

अछाम –अछामको वैद्यनाथ धाममा बिहीबारदेखि कोटिहोम लाग्ने भएको छ ।

साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ ।

पौडेलले बिहान ११ बजे कोटिहोम (महाकुम्भ)को विधिवत् रूपले उद्घाटन गर्ने कार्यतालिका छ ।

वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update