Sagun Khabar
स्थानीय तहको कार्यसम्पादन मूल्यांकन : बैतडीमा पुर्चौंडी पहिलो, डिलाशैनी पुछारमा 

बैतडी –राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ । विभिन्न १६ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ । 

आयोगले प्रकाशित गरेको नतिजा अनुसार बैतडीमा ३८.५३ प्रतिशत अंक ल्याएर पुर्चौंडी नगरपालिका पहिलो बनेको छ । २१.३० प्रतिशत अंकसहित डिलाशैनी गाउँपालिका पुछारमा रहेको छ । 

Atrya hospital

आयोगको कार्यसम्पादन मूल्यांकनमा मेलौली नगरपालिकाले २९.९४ प्रतिशत अंक ल्याएको छ भने पाटन नगरपालिकाले २७.६९ प्रतिशत अंक प्राप्त गरेको छ । 

यस्तै सुर्नया गाउँपालिकाले २७.५९,शिवनाथ गाउँपालिकाले २६.९७,सिगास गाउँपालिकाले २५.७४,दशरथचन्द नगरपालिकाले २५.४९,पञ्चेश्वर गाउँपालिकाले २५.०२ र दोगडाकेदार गाउँपालिकाले २३.२७ प्रतिशत अंक प्राप्त गरेको छ । 

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १६ सूचक तय गरिएको थियो । 

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन् ।

यस्तै आर्थिक बर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदनले औंल्याएको बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली लागु गरे÷नगरेको, स्थानीय तहले आवधिक योजना तयार गरे÷नगरेको सूचक राखिएका छन् । 
यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले सूचक बनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update