Sagun Khabar
ससुरालीमै बिते सिगासका देव लुहार 
Atrya hospital

बैतडी –भेटघाटका लागि ससुराली पुगेका बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका –३ घर भएका ५० बर्षीय देव लुहारको ससुराली आएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिगास गाउँपालिका ९ गन्सुरमा साला नाता पर्ने कमल विकको घरमा आएका लुहारको बिहीबार एक्कासी मृत्यु भएको हो । लुहारको एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ । लुहार फागुन ९ गते गन्सुर आएका बुझिएको छ ।  

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । शवको पोष्टमार्टपछि मात्रै थप कुरा खुल्ने प्रहरी निरीक्षक जोशीले बताए । 
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update