
बैतडी–नेपाली कांग्रेस बैतडीको कार्यवाहक सभापतिको जिम्मेवारी खगेन्द्रसिंह धामीलाई दिइएको छ । नेपाली कांग्रेस बैतडीका उपसभापति रहेका धामीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द देशबाहिर जाने भएकाले उनले कार्यवाहक सभापतिको जिम्मेवारी धामीलाई दिएका हुन् । फागुन ११ देखि आफू देश बाहिर रहने र जिल्लामा नआउञ्जेलसम्मका लागि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्न सभापतिले चन्दले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसको विधान अनुसार उपसभापति धामीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको सभापति चन्दले लेखेको पत्रमा उल्लेख गरिएको छ । यो अवधिमा पार्टीका नियमित क्रियाकलाप सञ्चालन गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
धामी जिल्ला समन्वय समिति बैतडीका प्रमुख समेत रहेका छन् । पार्टीले दिएको जिम्मेवारी आफूले सफलतापूर्वक सम्पन्न गर्ने कार्यवाहक सभापति धामीले बताए ।