Sagun Khabar
बैतडीमा सडक खन्ने क्रममा खसेको पहिरोले स्काभेटर पुरियो, चालक घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको र उक्त स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

मंगलबार दिउँसो सडक खन्ने क्रममा जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । पहिरोले स्काभेटर पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
गिरीको घाँटी र कम्मरमा चोट रहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक जोशीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update