बैतडी –बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको छ । नगरपालिकाले मंगलबार स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको जनाएको छ ।
हाट स्वास्थ्यचौकीमा मेडिकल अधिकृत नहुँदा केही महिना उक्त सेवा अवरुद्ध भएकोमा फेरि मंगलबारबाट सेवा सुचारु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । मङ्गलवार नगरपालिकाले डाक्टर स्मृति लामा थिङलाई मेडिकल अधिकृतमा नियुक्त गरेसँगै चिकित्सकीय सेवा सुरू भएको कुँवरले बताए ।
हाट स्वास्थ्यचौकीमा मेडिकल अधिकृतको रुपमा डाक्टर थिङ हाजिर भएपछि अब उपचार सेवामा सहज हुने बताइएको छ ।
हाट स्वास्थ्यचौकीमा डाक्टर नहुँदा समान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । हाट स्वास्थ्यचौकीमा डाक्टरको नियुक्ती भएपछि समान्य बिरामीहरुले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।




