Sagun Khabar
बैतडीको पुर्चौडी नगरपालिकामा  ई -हाजिरी लागु

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकामा  ई- हाजिरी  लागु भएको छ । बुधवारबाट नगरपालिकामा विद्युतिय  (ई -हाजिरी )लागु भएको हो । सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको नयाँ प्रविधि प्रयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत बिनोद कुमार कुँवरले जानकारी दिए ।

नगरपालिकामा प्रविधिको उच्चतम प्रयोग गरी कार्यालयमा हुने हाजिरीलाई चुस्त दुरूस्त बनाई समयलाई मितव्ययी कायम गरी सेवा प्रवाहलाई जनमुखी एवम् उत्तरदायी बनाउन  ई हाजारी  सुरु गरिएको उनले  बताए।  कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारी कार्यालय समयभित्र कतै जान नसकून् भनेर यो प्रविधि लागू गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै यो चालु आर्थिक वर्ष  भित्रै नगरपालिका भित्र रहेका १० वटै वडा कार्यालय, १० वटै स्वास्थ्य चौकी र २ वटा सामुदायिक स्वास्थ्य इकाईमा समेत ई–हाजिरी प्रणाली जडान गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update