बैतडी- बैतडीको श्रीकोट बहुमुखी क्याम्पसले वार्षिकोत्सव मनाएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३स्थित श्रीकोट बहुमुखी क्याम्पसले बिहीवार विविध सांस्कृतिक कार्यक्रमका साथ ११औँ वार्षिकोत्सव मनाएको हो ।
क्याम्पस संचालक समिति अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए । बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष कार्कीले क्याम्पसको विकासका लागि पालिकाले विगतदेखि नै सहयोग गर्दै आएको बताए ।
अगामी दिनमा पनि क्याम्पसको विकासका लागि सहयोग गरिने बताए । पालिकाले क्याम्पसको भौतिक व्यवस्थापन र शैक्षिण्क गुणस्तर सुधारका लागि विगत देखिनै सहयोग गर्दै आएको र अगामि दिनमा पनि सहयोग रहने पालिका अध्यक्ष कार्कीले बताए । बार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दानसिंह कार्कीले आयव्यय विवरण प्रस्तुत गरेका थिए । उनले १ करोड ३९लाख ४२ हजार ९ सय ६१ रुपैँया बराबरको आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।
त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक श्रीकोट बहुमुखी क्याम्पसलमा बिएड, एमएड र बिबीएसको पढाइ हुन्छ । पछिल्लो समय श्रीकोट बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताइएको छ । क्यम्पसमा हाल २सय ८२ जना विद्यार्थी अध्यानरत रहेका क्याम्पस प्रमुख कार्कीले बताए ।
सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न क्याम्पसको वार्षिकोत्सव समारोहमा गाउँपालिका उपाध्यक्ष पावर्ती कार्की , जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका पदाधिकारी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।




