Sagun Khabar
बैतडीको दनपामा कार्यवाहक मेयरको जिम्मेवारी प्रवक्ता पाण्डेलाई

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी नगर प्रवक्ता अजव पाण्डेलाई दिइएको छ । नगर प्रमुख पुष्करराज जोशी र उपप्रमुख कौशिला चन्द जिल्ला बाहिर रहेको अवस्थामा पाण्डेलाई कार्यवाहकको जिम्मेवारी तोकिएको हो ।

वडा नं ३ का अध्यक्ष समेत रहेका प्रवक्ता पाण्डेलाई उपप्रमुख चन्द अनुपस्थीत रहँद सम्मका लागि मेयर जोशीले कार्यवाहक मेयरको जिम्मेवारी तोकेका हुन् ।  दशरथचन्द नगरपालिकाका मेयर जोशी २दिने गोष्टीका लागि धनगढी गएका छन् भने, उपमेयर चन्द पनि कामको सिल्सीलामा काठ्माण्डौँमा रहेकी छन् ।

दिएको  जिम्मेवारी कुशलता पूर्व निर्वाह गर्ने प्रवक्ता पाण्डेले बताए ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update