Sagun Khabar
डिभिजन वन कार्यालय  बैतडीमा कर्मचारी अभाव 

बैतडी- डिभिजन वन कार्यालय बैतडीमा कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको छ । लामो समय देखि कर्मचारी अभाव हुँदा प्राविधिक तथा प्रशासनिक कामकाज गर्न समस्या भएको हो ।

कर्मचारी अभाव हुँदा कार्य सम्पदानमा समस्या भएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए । ८ जना वन अधिकृतको दरबन्दी रहेको कार्यालयमा १ जना मात्रै कार्यरत छन् ।

७ जना वन अधिकृतको पद रिक्त  हुँदा प्राविधिक कामकाज गर्न समस्या भएको उनले बताए । उनका अनुसार प्रशासन फाँट,  योजना फाँट, व्यवस्थापन र  लेखा शाखामा समेत  कर्मचारी नहुँदा समस्या भएको  हो । कर्मचारी अभाव हुँदा  तालिम गोष्ठी, विकास निर्माण लगायतका अन्य प्राविधिक कामकाज प्रभावित हुने गरेका छन् ।

६ ओटा सव डिभिजन रहेको बैतडीमा पाटनमा मात्रै  एक जना  वन अधिकृत रहेका र बाँकी पाँच ओटामा पद रिक्त रहेको बताइएको छ । कर्मचारी अभाव बारे पटक पटक मन्त्रालयमा प्रत्राचार गरिए पनि पदपूर्ती हुन  नसकेको यादवले बताए ।

४४ जनाको दरबन्दी रहेको कार्यालयमा  दरबन्दी अनुसारका  कर्मचारी नहुँदा समस्या भैरहेको डिभिजन वन कार्यालय  बैतडी जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update