Sagun Khabar
बैतडीको पुर्चौडीमा १८ करोड बढी लागतका दुई ओटा स्वास्थ्य चौकी भवन निर्माण हुने

बैतडी- बैतडीको पुर्चौडीमा दुई ओटा स्वास्थ्य चौकी भवन  निर्माण हुने भएका छन् । नगरपालिकाको वडा नं ७ र ८ मा  साढे १८ करोडभन्दा बढी लागतका दुई वटा स्वास्थ्य चौकी भवन निर्माण हुने भएका हुन् ।

नगरपालिकाको वडा नम्बर ७ र ८ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि ठेक्का सम्झौतासहित साइट प्रदान गरिएको बताइएको छ । आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन कोटिला र मल्लादेही स्वास्थ्य चौकी भवनको निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए ।

जर्मन एडको सहयोगमा कोटिला र मल्लादेही स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का सम्झौता भएर काम अगाडि बढाउन निर्माण कम्पनीलाई बिहीवार साइट प्रदान गरिएको उनले बताए । स्वीकृत ठेक्का सम्झौताअनुसार कोटिला स्वास्थ्य चौकी निर्माण गर्न जेजे ओम श्रेष्ठ जिभीसँग ९ करोड ४७ लाख ४३ हजार ९४७ र मल्लादेही स्वास्थ्य चौकी निर्माण गर्न रविना जुगल जेभीसँग ९ करोड १२ लाख २५ हजार ९८० रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update