बैतडी- बैतडीको सिगास गाउँपालिका १ मा लागेको ताला खुलेको छ । शुक्रबार संघर्ष समिति र वडा अध्यक्षबिच भएको दुईपछिय सहमतिपछि वडा कार्यालयमा लागेको ताला खुलेको हो ।
फागुन १३ गते देखि वडा कार्यालयमा तालाबन्दी थियो । लागेको ताला संघर्ष समिति संगको समन्वय विना गत बुधबार दिउंसो खोलियो । संघर्ष समितिले माग सम्बोधन विना ताला तोडिएको भन्दै फेरी अप्रहान्न ताला लगाएको थियो । आज भने जनप्रतिनिधि र संघर्ष समितिबीच सहमति जुटेपछि ताला खोलिएको बताइएको छ ।
कुर्चेनेटा देखि गर्जे जोड्ने सडकका विषयमा वडा अध्यक्ष लगायत वडा कार्यालयबाट आवश्यक सहयोगको आश्वासन पछि ताला खोलिएको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । यस्तै संघर्ष समितिले सडक निर्माणको प्रक्रिया अघि नबढेको अवस्थामा संरचनाबाट अलग हुने विषयमा प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।
कुर्चेनेटादेखि गर्जे जोड्ने सडक अघि नबढेमा संरचनादेखि अलग हुनको लागि हस्ताक्षर संकलनको काम अघि बढाइने समेत बताइएको छ । दुदीलाखान देखि गाजरी जोड्ने सडक भने बन्द नै रहने बताइएको छ । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै स्थानीयहरु आन्दोलति छन् ।




