बैतडीमा शनिवार विद्युत सेवा अवरुद्ध हुने
बैतडी- बैतडीमा भोलि विहान देखि बेलुका सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर शनिवार विहान ७ बजे देखि बेलुका ६ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
जिल्लाको केहि क्षेत्रहरुमा ११ केभि प्रशारण लाइनको मर्मत तथा रुखमा लागेका हाङ्गविङ्गाहरु काट्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ । काम समयमै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीलनै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १६:४९
प्रतिक्रिया दिनुहोस्




