Sagun Khabar
बैतडीमा  विद्यार्थीहरुलाई निःशुल्क ट्रयाकसुट वितरण 

बैतडी- बैतडीमा विद्यार्थीहरुलाई निःशुल्क  ट्रयाकसुट वितरण गरिएको  छ । जिल्लाको  सिगास गाउँपालिका वडा नं ४ स्थित शिव माध्यमिक विद्यालय र सिगास आधाभूत विद्यालय ओखलशैनीका  विद्यार्थीहरुलाई स्कुल ड्रेस ट्रयाकसुट वितरण गरिएको हो ।

   वडा नं ४ का स्थानीय युवा उमेश बोहराको पहल तथा  हाम्रो टिम नेपालको सहयोगमा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएका बताइएको छ । बिहीवार शिव माध्यमिक विद्यालयका १ सय ८० जना र सिगास आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको समाजसेवी  युवा बोहराले बताए ।

निः शुल्क ट्याकसुट पाएपछि विद्यार्थीहरु खुसि भएका छन् । केन्द्रीय कार्यालय अनामनगर काठमाण्डौँमा रहेको हाम्रो टिम नेपाल नामक संस्थाले  विगत ८ वर्ष देखि विभिन्न सामाजिक काम गर्दै आएको  छ । कोरोना कहरका बेला हाम्रो टिम नेपालले काठमाण्डौको खुल्लामञ्चमा निशुल्क खाना, खाद्यान्न र अक्सिजन वितरण  गरेको  थियो ।  

यस्तै संस्थाले जाजरकोटका भूकम्प पीडितहरुलाई ५० लाख जतिको सहयोग समेत गरेको युवा बोहराले बताए । संस्थाले पीडामा परेका  गरिब दिन दुखिहरुलाई  सहयोग गर्दै आएको  र अगामी दिनमा पनि सहयो गरिने उनको  भनाई छ ।  

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update