Sagun Khabar
नारी दिवसको अवसरमा बैतडीमा देउडा प्रतियोगिता हुने

बैतडी- बैतडीमा देउडा प्रतियोगिता हुने भएको  छ । जिल्लाको मेलौली नगरपालिकाले  नारी दिवसको अवसरमा  महिला  देउडा प्रतियोगिता गर्ने  भएको हो ।  मेलौली नगरपालिकाले अन्तराष्ट्रिय  नारी दिवसको अवसर पारेर  यहि फागुन २४ गते देउडा प्रतियोगिता हुने जनाइएको हो ।

महिला अधिकार तथा महिला हिंसा न्यूनिकरण सम्बन्धि एकदिने देउडा प्रतियोगिता हुने मेलौली नगरपालिकाकी महिला विकास निरीक्षक लक्ष्मी भट्टले जानकारी दिइन् ।  मेलौली नगरपालिकामा हुने प्रतियोगितामा सहभागि हुन चाहनेले यहि फागुन २३ गतेभित्र नामदर्ता गराउनु पर्ने छ ।

प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतीय हुने समूहलाई पुरस्कारको समेत  व्यवस्था गरिएको  मेलौली नगरपालिकाले जनाएको छ। यस्ता प्रतियोगिताबाट महिलाहरुलाई  अधिकार बारे अवगत हुनुका साथै महिला हिंसा न्यूनिकरणमा समेत टेवा पुग्ने  अपेक्षा गरिएको  छ ।

 महिलाहरुले  नै देउडा मार्फत बोल्दा  आफ्ना अधिकारका बारे थाहा हुने र यसबाट  महिला हिंसामा समेत  कमि आउने अपेक्षा गरिएको  हो । यहि फागुन २५ गते  अन्तराष्ट्रिय  नारी दिवस छ । नारी दिवसको  पूर्व  सनध्यामा मेलौलीले  देउडा प्रतियोगिता राखेको हो ।  

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update