बैतडीमा भन्सार छलीका सामान बरामद
बैतडी- बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ। शुक्रबार जिल्लाको दशरथचन्द नगरपालिका–४ र वडा नं १० बाट भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।
वडा नं ४को कल्वारमोड स्थित सडक किनारबाट र वडा नं –१० केदारमाण्डौबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४७ हजार ४०० मूल्यको चिनी, तेल, मिठाई, दाल, मिश्री, नमकिन, सुपारी, चक्लेट, कफि लगायतका सामान बरामद गरिएको उनले बताए।
उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइको छ । उक्त बरामद गरिएको सामान महाकाली भन्सार कार्यालय बुझाइने प्रवक्ता जोशीले बताए ।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० १०:४४
प्रतिक्रिया दिनुहोस्




