Sagun Khabar
बैतडीमा विद्युत सेवा अवरुद्ध, कति बेला हुन्छ सुचारु?

बैतडी- बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ । बिहानै देखि अवरुद्ध विद्युत सेवा साढे ११ बजे  सुचारु भएपनि फेरी अवरुद्ध भएको हो ।

वर्षादका कारण ११ केभी प्रशारण लाइनमा समस्या आएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका कर्मचारी राजेन्द्र विष्टले जानकारी दिए ।  लाइनमा समस्या देखिएपछि प्राविधिकहरु खटिएर मर्मत भैरहेको उनले बताए । मर्मतको कार्य सकिएपछि विद्युत सेवा सुचारु हुने उनको भनाइ छ ।

११ केभी प्रशारण लाइनमा देखिएको समस्या पहिचान गरि मर्मत कार्य चलिरहेकाले सेवा सुचारु हुन केहि समय लाग्ने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। निरन्तर पानी परिरहेकाले  लाइन मर्मतमा समेत समस्या भैरहेको बताइएको  छ ।

लाइनमा देखिएको समस्या मर्मत पछि परीक्षणका लागि बिचमा बत्ति छाड्ने गरिएपनि  पूर्णरुपमा सेवा सूचारु हुन टाइम लागने जनाइएको  छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update