बैतडी- असिना पानीले बैतडीमा क्षति पुर्याएको छ । आज दिउंसो परेको असिना पानीले जिल्लाका अधिकाँश ठाउँमा गहुँबाली तथा तरकारी बालीमा आंशिक क्षति पुर्याएको हो ।
जिल्लाको सिगास गाउँपालिका वडा नं ६ थलाकाँडा लगायतका क्षेत्रमा असिना पानी क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । यस्तै जिल्लाको सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका,पाटन नगरपालिकाका केहि ठाउँमा समेत असिना पानीने क्षति गरेको बताइएको छ । असिना पानीले गहुँबालीका साथै तरकारी बालीमा क्षति पुर्याको किसानहरुले बताए ।
असिना पानीले गहुँ तथा तरकारीबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तीत भएका छन् । दुई दिन देखि बैतडीमा पनि पानी परिरहेको हो । वर्षाले बोट विरुवाका लागि फाइदा गरे पनि असिना पानीले क्षति गरेपछि किसानहरु चिन्ती बनेका हुन् । लगातार परिरहेको पानीले चिसो बढेको छ भने जनजीवन समेत प्रभावित बनेको हो । लगातारको वर्षाले जिल्लाका उच्च लेकाली ठाउँहरुमा चिसो बढेको स्थानीय बिनोद भट्टले बताए ।
प्रि मनसुन सुरु भएसंगै बैतडी लगायतका सुदूपश्चिममा पनि लगातार पानी परिरहेको हो । प्रि मनसुनमा दिउँसोपख मेघगर्जनरचट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ । यस्तै अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन मौसमविद्रुले आग्रह गरेका छन् ।




