बैतडी- बैतडीको मेलौली नगरपालिका स्तरिय युवा सञ्जालको अध्यक्षमा भट्ट चयन भएका छन् । जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका स्ववियु सभापति समेत रहेका धनी दत्त भट्ट नगरपालिका स्तरिय युवा सञ्जालको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन ।
यहि फागुन १६ गते १९ गते सम्म मैलौली नगरपालिकामा नमूना युवा सांसद अभ्यास चलेको थियो । शिक्षा युुवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित नमूना युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न पश्चात भट्टको अध्यक्षतामा ११ सदस्यीय नगरपालिका स्तरिय युवा सञ्जाल समिति गठन भएको हो ।
यस्तै उपाध्यक्षमा हरु भट्ट, सचिवमा युवराज विष्ट,सहसचिवमा भूपेन्द्र भट्ट र कोशाध्यषमा करुणा विष्ट चयन भएका बताइएको छ ।
गठित समतितिले युवाकाहरुको हकहितका लागि आवाज उठाउने अध्यक्ष भट्टले बताए । यस्तै सरकार संग समन्वय गरेर युवा लक्षित कार्यक्रम सञ्चालनका लागि पनि पहलका साथै सामाजिक काम गरिने उनले बताए । यस्तै प्रदेशमा हुने नमूना युवा सांसद अभ्यासका लागि मेलौलीका दुई जना छनोट भएका बताइएको छ । सुशिला भट्ट र नवराज भट्ट प्रदेशमा हुने नमूना युवा सांसद अभ्यासका लागि छनोट भएका नगर सञ्जाल अध्यक्ष भट्टले बताए ।




