Sagun Khabar
बैतडीको सतबाँझमा एक युवक मृत फेला 
Atrya hospital

बैतडी- बैतडीको सतबाँझमा एक युवक मृत फेला  परेका छन् ।  दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान एक युवक मृत फेला परेका हुन् ्।

जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए । आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका   कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।

आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्याइरिएर मृत्युु भएको प्रहरीको अनुमान रहेको छ। मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्युु भइसकेको र घरमा १ छोरा र १ छोरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले  बताए ।  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update