Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा झण्डै ३ सय राँगा र बोकाको बलि
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा झण्डै ३ सय राँगा बोकाको बलि दिइएको  छ ।  जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैँको अवसरमा   मंगलबार लागेको जात्रामा १ सय ८९ राँगा र १ सय  बोकाको बलिदिइएको  निङ्गालशैनी धार्मीक सेवा समितिले  जनाएको छ ।

 चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज पशुबलि सहितको भव्य जात्रा लागेको छ। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गालशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्र बहादुर  बोहराले  बताए ।   निङ्गलाशैनी भगवती मन्दिरमा चैत्राष्टमी र महाष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइदैन ।  

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । निङ्गलाशैनी भगवती मन्दिरमा आज  बिहानै  देखि  भक्तजनको  भिड लागेको निङ्गालशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष बोहराले बताए  । जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका  दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update