Sagun Khabar
मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

#उज्यालोबाट 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update