Sagun Khabar
नरभक्षी चितुवा र बँदेल खोज्न बैतडीमा स्वचालित क्यामरा जडान

बैतडी - मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न बैतडीमा स्वचालित क्यामरा जडान गरिएको छ ।

मानव र वन्यजन्तुबिचको द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा चितुवाको आक्रमणबाट  २८ जना मरिसकेका छन् भने चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर  २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवाको पनि मृत्यु भएको छ । 

जिल्लाको ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा  स्वचालित क्यामरा जडान गरिएका क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उनी बैतडी आएका हुन । 

पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ ।

अनुसन्धान टोलीमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिकसन र कलरा मार्थिनोभिक पनि रहनुभएको छ । युरोपमा मानव–वन्यजन्तुको द्वन्द्व नरहेकाले मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न उहाँहरू आइपुगेका हुन ।

उक्त अनुसन्धानपछि यो क्षेत्रका बासिन्दाले सुरक्षा अपनाउन सक्ने आशा गरेको अध्ययन टोलीले बताएको छ । चितुवाको अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा १५ रातसम्म राखिने छन् । स्वचालित क्यामराले वन्यजन्तुको चाल र शरीरको तापक्रम पाउने बित्तिकै गतिविधि रेकर्ड गर्ने क्यामरा ट्र्यापर मल्लले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update