Sagun Khabar
बैतडीको पाटन नगरपालिकामा नयाँ हाकिमलाई जिम्मेवारी

बैतडी– बैतडीको पाटन नगरपालिकामा नयाँ हाकिमलाई जिम्मेवारी दिइएको छ । नगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव गणेश सिंह ऐरीलाई जिम्मेवारी दिइएको हो ।

बैतडीको जिल्ला समन्वय अधिकारीको रुपमा पदस्थापन गरिएका एरीलाइ पाटन नगरपालिकाको समेत काम काज गर्ने गरि जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ   ।

स्वास्थ्य सन्देश
Atrya hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यहि बैसाख १३ गतेको निर्णय अनुसार उपसचिव ऐरीलाई बैतडीको जिल्ला समन्वय अधिकारी सँगै पाटन नगरपालिकाको प्रमुख प्रसासकियको पनि जिम्मेवारी तोकिएको छ ।  

यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा शेर बहादुर बुढा कार्यरत रहेकाछन् । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचीव हुने भएपनि कर्मचारी अभावका कारण पटक–पटक निमित्तलाई जिम्मेवारी तोकिदैँ आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update