Sagun Khabar
देहिमाण्डौंका स्थानीय रित्तो गाग्रीसहित वडा कार्यालयमा 

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर दुई देहिमाण्डौंका स्थानीय रित्तो गाग्रीसहित आन्दोलनमा उत्रिएका छन् । वर्षौंदेखि देहिमाण्डौं बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीय हरुले आफ्नो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका लागि रितो गाग्री सहित आन्दोलनमा उत्रिएका हुन ।  

समस्या समाधानका लागि सम्बन्धित निकायले आश्वासन मात्रै बाँडेको भन्दै रित्तो गाग्री, बाल्टिन, जर्किन जस्ता पानी थाप्ने भाडासहित आन्दोलनमा उत्रिएका देहिमाण्डौं का स्थानीय युवा गोल्डेन बोहरा तुफानले बताए ।  

स्वास्थ्य सन्देश
Atrya hospital

पानिको समस्या भोग्दै आएका स्थानीयहरुले वडा कार्यालयको गेटमा विहीबार बिहान रित्तो गाग्री राखेर दबाब दिएका हुन । विशेष गरी सबैभन्दा धेरै देहिमाण्डौं बजार का स्थानीयहरु लाई पिउने पानीको चरम समस्या परेको छ  । 
गाउँ क्षेत्रमा पानिको समस्या भएको वर्षौ बितिसकेको भए पनि खानेपानी को उचित मुहान नहुदा समस्या समाधानमा चुकेको दशरथचन्द  नगरपालिका वडा न. दुई का वडा अध्यक्ष सुर्य बोहराले बताए ।

खानेपानि समेत नभएपछि यहाँका स्थानीय एक गाग्री पिउने पानीका लागी खोला खोल्सा धाउन बाध्य छन् । तर पछिल्लो समयमा लामो खडेरीका कारण पानीका मुहानसमेत सुक्न थालेपछि आफूहरु झनै समस्यामा परेको बोहराले बताए । 

बजार क्षेत्रलगायत सबै ग्रामिण क्षेत्रमा पिउने पानीको निकै समस्या रहेको छ । नगरपालिका र वडाले सबै किसिमको सेवा वापतको शुल्क लिने गरेको तर सेवा भने दिन नसकेको आरोप खाने पानिको चरम समस्या भोग्दै आएका स्थानीयहरुले लगाएका छन ।

पटक पटक पिउने पानीको ब्यवस्थापनका लागी आग्रह गर्दा समेत बेवास्ता गरेकोले आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीय युवा गोल्डेन बोहराले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update