Sagun Khabar
आजदेखी कक्षा १२को परिक्षा सुरु

बैतडी–आजदेखी कक्षा १२को परिक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्म सञ्चालन हुनेछ । 

राष्ट्रिय परिक्षा बोर्डले तोकेको मिति अनुसार बैतडीका १८ ओटै केन्द्रमा परिक्षा सुरु भएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताए ।
यस बर्ष बैतडी जिल्लामा जम्मा ३ हजार ७ सय २७ जना परिक्षार्थी रहेका छन् ।  

स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा आज देखी देशैभर सञ्चालनमा ल्याएको हो ।

बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सबैभन्दा बढी काठमाण्डौमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण भएकोे छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काठमाण्डौका परीक्षा केन्द्र निर्धारण गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update