Sagun Khabar
बैतडीको दोगडाकेदारमा नेपाल–भारत काव्य गोष्ठी गरिदै

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठी हुने भएको छ । यहि वैशाख १८ र १९ गते राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्द्धनमा खोचलेकमा सम्मेलन तथा गोष्ठी आयोजना गरिएको हो ।

स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन समारोहमा स्थानीय छलिया नृत्य, सगुन र फागहरूलगायत स्थानीय कला संस्कृतिको  प्रस्तुति रहने आयोजकले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

सम्मेलनमा नेपाल–भारतका साहित्यकार र कविहरूको सहभागिता रहने राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले जानकारी दिए । सम्मेलनको तयारी तिव्र पारिएको छ । सम्मेलनमा नेपाल र भारतका १०० बढी लेखक,साहित्यकार र कविहरूको सहभागीता रहने जनाएको छ ।

सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने छ । कवि गोष्ठी, विद्वानहरूको कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइनेछ ।
सम्मेलनको उद्घाटन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिन लागेको हो । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update