Sagun Khabar
युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा बैतडीका एक युवा काठमाडौँबाट पक्राउ

बैतडी- नक्कली फेसबुक आईडी बनाएर युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा बैतडीका एक युवा काठमाडौँबाट पक्राउ परेका छन् । काभ्रेकी एक युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा बैतडीको दशरथ नगरपालिका–३ घर भई काठमाडौँ बस्दै आएका २२ वर्षीय दीपेन्द्र नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

नाथमाथि कानुन बमोजिम ईलेक्ट्रोनिक कारोबार ऐन २०६३ बमोजिम कारवाहीको लागि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

निर्माण तामाङ नाम गरेको नक्कली फेसबुक आईडी बनाएर धुलिखेल नगरपालिका–३ की २० वर्षीया विवाहिता एक युवतीलाई सामाजिक सञ्जाल मार्फत् तनाव दिएको आरोपमा विहिबार उनलाई प्रकाउ गरिएको थियो ।

विभिन्न किसिमको अश्लिल शब्द तथा अपशब्द लेखि बैंक खाता नम्बर दिएर युवतीसँग रकमसमेत मागी गाली गलौज, धाक धम्कीसमेत दिएर मानसिक तनाव दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update