Sagun Khabar
बैतडीमा कार दुर्घटना हुदा २ जना घाइते 

बैतडी– बैतडीमा कार (अल्टो) दुर्घटना हुदा दुई जना घाइते भएका छन् । सतबाँज–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार ३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे अल्टो दुर्घटना भएको हो ।  

दुर्घटनामा परि कारमा सवार दार्चुलाको शैल्यसिखर नगरपालिका घर भएका अन्दाजि २८ बर्षिय शेर बहादुर बोहरा र चालक बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट घाइते भएका प्रहरीले जानकारी दिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते मध्ये दार्चुलाको शैल्यसिखर घर भएका बोहराको टाउकोमा चोट लागेको हँुदा अवस्था गम्भीर रहेको खोच्लेक प्रहरी बैतडीले जनाएको छ । 

घाइते दुबैको अवस्था गम्भीर रहेकोले रातिनै जिल्ला अस्पताल बैतडीबाट रेफर गरि डडेल्धुरा पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार राति सवा दुई बजेको समयमा कार अनियन्त्रीत भई दुर्घटना भएको हो । 

धनगढीबाट दार्चुलातर्फ जादै गरेको सु.प.प्र ०१००१ च ३८२१ नम्बरको उक्त कार अनियन्त्रीत भइ बैतडीको दागडाकेदार ३ श्रीकोट नजिकै राति करिब सवा दुई बजे तिर दुर्घटनामा परेको प्रहरी प्रवक्ता प्रहरी  केसीले बताए । 

दुर्घटनाग्रस्त कार सडकदेखी करीब ४५ मिटर तल खसेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update