Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने 

बैतडी-जिल्ला अस्पताल बैतडीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल धनगढीको आयोजनामा शिविर सञ्चानन हुने भएको हो । 

यहि बैशाख २७ र २८ गते मोतिविन्दु लगायत आँखाका बिरामिहरुका लागी निःशुल्क आखाँ शिविर सञ्चालन हुने गेटा आँखा अस्पताल धनगढीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरमा मेतिविन्दु लगायत आँखाका अन्य विरामिहरुका लागी निःशुल्क शल्यक्रिया,औषधि उपचार तथा आवश्यकता अनुसार चस्मा पनि वितरण गरिने आयोजकले जनाएको छ । 

यहि बैशाख २७ र २८ गते सञ्चालन हुने निःशुल्क आँखा शिविरमा आई उपचार गराउन सवैमा आग्रह समेत गरिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update