Sagun Khabar
बैतडीका किसानलाइ गहुँ भित्र्याउने चटारो

बैतडी–बैतडीका स्थानीय महिलालाई यती बेला गहुँ भित्र्याउने चटारो परेको छ । यहाँका किसानले मङ्सिरमा गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्दछन् । बैतडीमा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउने भन्ने चिन्ता छ ।

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भएता पनि उच्च पाहाडी क्षेत्रका केही ठाउँमा भने बैशाखको अन्तिम जेठको पहिलो साताबाट पाक्न सुरु हुन्छ । गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढ्छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि गहुँ उत्पादनमा केहि वृद्धि हुने गरेको पाइन्छ । बैतडीमा अहिलेपनि अधिकाङ्स ठाउँमा  आकाशे पानीको भरमा खेती हुने गरेको छ । 

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पु¥याउन सिँचाइको क्षेत्रमा विस्तार गर्न निकै आवश्यक रहेको छ । बैतडीमा १५ हजार ४०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update