Sagun Khabar
बझाङमा कांग्रेसका उम्मेदवार सिंहको अग्रता
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म २३ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ८ सय ७४ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ८ हजार ६ सय १५ मत ल्याउनुभएको छ । कांग्रेसका उम्मेदवार सिंह एमालेका उम्मेदवार भण्डारीभन्दा २ सय ५९ मतले अगाडि हुनुहुन्छ ।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार २ सय १५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय १० मत ल्याउनुभएको छ । बझाङमा अस्ति शनिबार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update