Sagun Khabar
‘अल नेपाल’ साईकल यात्रामा रहेका कुइकेल बैतडीमा

बैतडी- नेपालका ७७ ओटै जिल्लाको भ्रमणमा रहेका साइकल यात्री माधप प्रसाद कुइकेल आज बैतडी पुग्नु भएको छ । देशै भरिका नागरिकले निःशुल्क एम्बुलेन्स चड्न पाउनु पर्ने माग राख्दै साइकल यात्राको क्रममा कुइकेल आज बैतडी पुग्नु भएको हो ।

२९ ओटा जिल्लाको भ्रमण गरि ३० औं जिल्लाको रुपमा बैतडी पुगेका कुइकेले जिल्ला प्रशासनमा पुगि प्रमुख जिल्ला अधिकारिलाई भेटि देशमा रहेका हरेक नागरिकले फ्री मा एम्बुलेन्स चड्न पाउने र यहाँको विभिन्न परिवेशका बारेका कुरा गर्ने बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई बचाउन भिन्न संस्कृति, भूगोल र मनलाई जोड्दै आन्तरिक पर्यटनमा पनि  जोड दिनुपर्ने सन्देशसहित आफुले यात्रालाई निरन्तरता दिएको बताए । 

५९ बर्षिय  सिन्दुपाल्चोकको इन्द्रावति ४ नवलपुरका माधव प्रसाद कुइकेल बैतडीको यात्रा सकेर भोलि दार्चुला जाने छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update