Sagun Khabar
बैतडीको सुर्नयाका एक बालक बेपत्ता 

बैतडी –बैतडीको सुर्नया घर भएका एक बालक बेपत्ता भएका छन् । सुर्नया गाउँपालिका १ हटैराज घर भएका १४ बर्षीय किरनबहादुर चन्द बुधबार बिहानदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

बुधबार बिहान घरबाट विद्यालय जान्छु भनि हिँडेका चन्द घर नफर्केपछि बुधबार साँझ प्रहरीलाई खबर आएको प्रहरी निरीक्षक जोशीले बताए । 

Atrya hospital

किरन उच्चाकोट मावि हटैराज गुर्केलीमा कक्षा ७ मा अध्ययनरत रहेको बताइएको छ । घरबाट उनका दिदीभाइसंगै विद्यालय गएका किरन विद्यालय नै नपुगेको जानकारी आएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 

किरनको खोजीका लागि उनको हुलियासहित सबै ठाउँमा पत्राचार गरिसकिएको प्रहरी निरीक्षक जोशीले बताए । किरनको खोजीमा सहयोग गरिदिन उनका परिवारले आग्रह समेत गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update