Sagun Khabar
भारतमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको मृत्यु 
Atrya hospital

भारतको हरियाणा राज्यमा पर्ने नुहमा बिहान गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेका र गाउँलेले बसको झ्यालका सिसा फुटाएर आफुहरुलाई बचाएका एक जना घाइतेले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

बसमा झन्डै ६० जना थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।    
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update