Sagun Khabar
कान्तिपुरका अध्यक्ष सिरोहिया थापाथलीबाट पक्राउ

काठमाण्डौ – कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । सिरोहियालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज थापाथलीमा रहेको कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईसहितको टोली पुगेको थियो ।

दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

Atrya hospital

पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति निकालेर कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उनले बताए । 

सहकारीको रकम दुरुपयोगमा गृहमन्त्रीको संलग्नताबारे समाचार लेखेकै भरमा रिस साँध्न खोजिएको दाबी गर्दै सिरोहियाले आफू र आफ्नो संस्था निर्भिक भएर उभिने बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update